
नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय लिएको हो। चर्चामा रहेर पनि भोजपुरका सांसद किराँती यस पटक पनि मन्त्री मण्डलमा पर्न सकेनन् ।
माओवादीले बोधमाया यादवलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय लिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन्।
माओवादीको भागमा शिक्षा, खानेपानी र भूमिसुधार मन्त्रालय परेका छन्। राज्य मन्त्रीका लागि भने मन्त्रालय पक्का भइनसकेको बताइएको छ।
पाँच दलीय गठबन्धनमा चार दलका लागि मंगलबारै मन्त्रीको भागबण्डा भइसकेको छ। यस्तोमा माओवादीले पाँच मन्त्रालय पाएको छ।
असार २९ गते देउवाले प्रधानमन्त्रीको सपथ लिएकै दिन माओवादीबाट ऊर्जा मन्त्रालयमा पम्फा भुसाल र अर्थमन्त्रालयमा जनार्दन शर्माले नियुक्ति पाइसकेका छन्।
भोजपुरवाट २ पटक निर्वाचित भईसकेका किराँती पटक पटक चर्चामा आएर पनि यसपटक पनि मन्त्रीवन्नवाट वञ्चित भएकाछन् । २०६४ को संविधान सभाको पहिलो निर्वाचन र २०७४ को निर्वाचनमा निर्वाचित किराँती माओवादीमा स्पष्ट वक्ताको रुपमा चिनिएका युवा नेताहुन् । किराँती माओवादी केन्द्रमा २ पटक चुनाव जितेर पनि मन्त्री वन्नवाट वञ्चित भएका एक्लो सांसद हुन ।