भोजपुरका कृषकले गरे अकवरे खोर्सानीवाट मनग्गे आम्दानी

दिंला-भोजपुरको षडानन्द नगरपालिका १० साम्पांगका किसानले अकवरे खोर्सानीवाट राम्रो आम्दानी गर्न सफल भएकाछन् । परिक्षणको रुपमा लगाईएको खोर्सानीवाट उनिहरुले मनग्गे आम्दानी गरेकाहुन् ।

वडाको रिट्ठावोटेदेखि सत्तल सम्मका २५ घरपरिवारले ७० रोपनीमा लगाएको अकवरेवाट एक सिजनमै १८ लाख वढिको आम्दानी गर्न सफल भएकाहुन् । उनिहरुले उत्पादन गरेको खोर्सानी धरान हुँदै भुटान सम्म चाउचाउ फ्याक्ट्री र घरायसी उपभोगमा निर्यात हुने गरेको छ । हप्तामा ७ ८ क्वीण्टल खोर्सानी उत्पादन हुने गरेको अगुवा कृषक तथा कृषि अभियान्ता जितेन्द्र राईले खवरट्वीट सँगको कुराकानीमा वताए । राजधानी काठमाडौं लगायत ठाउँहरुवाट माग आईरहेको राईको भनाई छ ।

खोर्सानीवाट अन्य बालीनालीवाट भन्दा राम्रो आम्दानी भएपछि कृषकहरु अन्यवाली छोडेर खोर्सानीमा आकर्शित भएकाछन् । मकै, कोदो, आलु लगायतका बालीनाली लगाउँदै आएका कृषकले परम्परागत बालीनाली छोडेर अकबरे लगाउन थालेको स्थानिय विदुर राईले वताए । दुर्गम गाउँमा यातायातको समस्या भएकोले ढुवानीमा धेरै खर्च हुने हुँदा कृषकले अझै उचित मूल्य नपाएको गुनासो छ । धरान सम्म प्रति केजी ३० रुपैंया सम्म ढुवानी खर्च लाग्ने गरेको अगुवा कृषक राईले बताए ।

खोर्सानी अन्यबालीनाली भन्दा स्याहार सुसार गर्न सजिलो र बजार राम्रो भएकोले आम्दानीपनि राम्रो भएकोले भोजपुरमा पछिल्लो समय अकवरे खोर्सानी तर्फ आकर्षण वढेको छ । भोजपुरको षडानन्द, अरुण, भोजपुर, ट्रयाम्के मैयुंग लगायतका गाउँपालिकामा व्यावसायिक खोर्सानी खेती हुने गरेको छ ।