भोजपुरमा लकडाउनकाबिच यस्तो वन्यो बहुउद्देश्यिय भवन, हेर्नुस् तस्वीरहरु‍‍‍…

दिङ्ला– कोभिड १९ को शरकारले घोषणा गरेको लकडाउनको समस्या विकास निर्माण कार्यमा ढिला सुस्तीभईरहेको अवस्थामा भोजपुरको षडानन्द नगरपालिकामा भने समय सिमा अघिनै बहुउद्देश्यिय भवन निर्माण सम्पन्न भएको छ। कुन्सालिङ अरुण बरुण जेभि कम्पनीले समय सिमाको ३ महिना अघिनै भवन निर्माण सम्पन्न गरेको हो ।

भोजपुरको दिंला बजारमा २२ महिना अघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईवाट शिलान्याश भएको षडानन्द बहुदेश्यीय भवनको निर्माण कार्य भने लकडाउन र यातायातको समस्याका विच पनि तिब्र गतिमा भएको हो। समयमै काम सम्पन्न गर्न पाउँदा ठेकेदार कम्पनीले खुशी व्यक्त गरेको छ ।

आफ्नै ठाउँमा आफ्नै कम्पनीबाट कोभिड, यातायात लगायतका विभिन्न समस्याको बावजुत पनि निर्धारित समय भन्दा अगाबै भवन बनाएर सेवा दिन पाउँदा गर्ब महसुस गरेको षडानन्द नगरपालिका ९ का वासिन्दा समेत रहेका कुन्सालिङ अरुण बरुण जेभी कम्पनीका निर्देशक मिगुर शेर्पाले बताए ।

कोभिडका कारण २ पटक लकडाउनको मार खेप्नुपर्दा सोचेअनुसार काम अगाडि वढाउन नसकेको कम्पनीका सञ्चालक सदस्य प्रेम शेर्पाले वताए । उनले भने “हामीले एक बर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना अनुसार काम थालनी गरेका थियौ तर लकडाउन र अत्याधिक बर्षातका कारण निर्माण सामाग्री र कामदारको अभाव भएका कारण लक्ष्य अनुसार काम गर्न नसके पछि केहि ढिलो भएको हो । ”

अरुण नदिको लम्सुवामा पुल निर्माणको ठेक्का पाएको स्वच्छन्द निर्माण कम्पनीले एक दशक वितिसक्दा पनि पुल निर्माणलाई लथालिङ्ग वनाएको अवस्थामा ठूला विकास निर्माण योजना निर्माण कम्पनीवाट आजित भएका दिङ्लाका सरोकारवालाहरु भने वहुउद्देश्यीय भवन निर्माणको काम तिब्र गतिमा भईरहेको प्रति खुसी व्यक्त गरेका छन् ।

षडानन्द सिताराम गुठीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले लकडाउन बर्षात जस्ता समस्याका बावजुत पनि भवन निर्माण कार्य समयमा भएकोमा ठेकदार कम्पनी र सरोकारवालाहरु प्रति आभार प्रकट गरेका छन् । पौडेलले गुठीको आफ्नो कार्यकालमा प्रदेशको यति ठुलो बजेटबाट बहुदेश्यीय भवनको निर्माण सम्पन्न भएकोमा ठेकेदार कम्पनीका साथै प्रदेश सरकार, स्थानीयवासीहरु, साथै गुठी समितिका सम्पुर्ण टिमलाई धन्यवाद दिएकाछन् ।

भवन निर्माणको ठेक्का कुन्सालिङ अरुण बरुण जेभि कम्पनीले ४ करोड ८४ लाखमा २०७८ साल कार्तिकमा सक्ने गरि पाएकोमा साउनमै निर्माण सम्पन्न गरेको हो । नवनिर्मित अत्याधुनिक भवनमा १४ वटा फराकिला कोठा, १५ वटा ट्वाईलेट, ७ वटा वाथरुम, १ किचेन, १ वता हल र ४ वटा सटर रहेकाछन् । १ नम्वर प्रदेश कार्यालयको आर्थिक सहयोग र सहरी विकास कार्यलय धनकुटाको प्राविधिक सहयोगमा भवन निर्माण कार्य भएको हो ।