भोजपुरका स्क्रफटाईफस संक्रमित बालकको मृत्यु

दिंला- भोजपुरको षडानन्द नगरपालिका ८ का स्क्रफटाईफस संक्रमित एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । बर्ष १४ का समिर तामाङको उपचारको क्रममा म्याक्स ईन्टरनेसनल हस्पिटल विराटनगरमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

एक हप्ता अघि अधिक ज्वारो आउने लक्षण देखिएपछि तामाङलाई उपचारको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि उनलाई म्याक्स ईन्टरनेसनल हस्पिटल विराटनगरमा रेफर गरिएको थियो । अत्यन्तै नाजुक आर्थिक अवस्था भएका कारण उपचारमा खर्च गर्न असम्भव भएपछि परिवारको अनुरोधमा समाजसेवि तथा किरात राई यायोख्खा षडानन्द नगर अध्यक्ष यङ्गराज राईको नेतृत्वमा दिंला बजारमा आर्थिक सहयोग संकलनको अभियान शुरु गरिएको थियो । आर्थिक शंकलनको अभियानकै क्रममा बालकको मृत्युको खवर आएपछि अभियान रोकिएको छ ।

अभियानवाट ४८ हजार २ सय ८० शंकलन भएको समाजसेवि राईले खवरट्वीटलाई जानकारी दिए । अभियानवाट उठेको रकम तामाङको छिमेकी मार्फत मृतकको परिवारलाई हस्तान्तरण गरिएको राईले वताए