भोजपुरमा विदेशमा रहेका युवाहरुको प्रायोजनमा फुटवल प्रतियोगिता आयोजना हुने

दिंला- रोजगारी तथा अध्ययनको शिलशिलामा विभिन्न देशमा रहेका युवाहरुको प्रायोजनमा तथा षडानन्द नगरपालिका ६ खेलकुद विकास समितिको आयोजनामा फुटवल प्रतियोगिता सञ्चालनहुने हुने भएको छ । अमेरिकामा रहेका नगेश भट्ट, अष्ट्रेलियामा रहेका उमेश वस्नेत र जापानमा रहेका युगल बोगटीको १ लाख पुरस्कार प्रायोजनमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

स्थानिय घ्याम्पे रंगशालामा कार्तिक १४ वाट सञ्चालन हुने खुल्ला पुरुष फुट्वल प्रतियोगिताको लागि भट्टले प्रथम पुरस्कार वापतको ५० हजार, वस्नेतले द्वितीय पुरस्कार वापतको ३० हजार र बोगटीले तृतीय पुरस्कार वापतको २० हजार पुरस्कार प्रायोजन गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतियोगिताको लागि वडा नम्वर ६ कार्यालयले १ लाख प्रायोजन गर्ने भएको छ ।

दिंला क्षेत्रमा केहि बर्षयता व्याडमिण्टन वाहेकका खेलकुद प्रतियोगिता सञ्चालन हुन नसकेको अवस्थामा खेलकुद प्रतियोगितामा युवाहरुलाई सहभागि गराई युवाहरुलाई स्वास्थ्य साथै स्वास्थ्य र सिर्जनशिल युवाकोलागि खेलकुद र खेलकुदका लागि युवा भन्ने नाराका साथ उदेश्य लिएर प्रतियोगिता सञ्चालन गरिएको वडाध्यक्ष सुजन राईले वताए ।

कुनै समय खेलकुदको हिसावले भोजपुरको उत्तरी क्षेत्र उर्वर मानिएपनि पछिल्लो समय खेलकुद गतिविधि प्रायः शुन्य हुँदै गएको छ । खेलकुद गतिविधि कम हुँदा सरोकारवालामा नैराश्यता बढिरहेको अवस्थामा वडा खेलकुद समितिले प्रतियोगिता आयोजना गरेको हो ।

वडाको आयोजनामा २ वर्ष अघि ४५ जनालाई फुटवल ट्रेनिंग प्रदान गरेको थियो । ट्रेनिंगलाई प्रभावकारी वनाउन प्रतियोगिता सञ्चालन गरिएको वडाध्यक्ष राईले वताए ।