
चौकीडाँडा- हरेक बर्ष दीपावलीको शुभ अवसरमा स्थानीय ईन्द्रावती युवा क्लबले आयोजना गर्दै आएको ब्याडमिन्टन प्रतियोगीता तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
२० जोडी खेलाडी समुहले भाग लिएको खुल्ला डबल पुरुष ब्याडमिन्टनको स्पर्धामा दिंलाका बुद्ध लामा रशृजल पोखरेलको जोडी प्रथम भएको छ। खाँदबारीका बिरु तामाङ र निशान कटुवालको जोडी दोश्रो भयो भने साल्पासिलिछो चौकीडाँडाको अशोककुमार राई र मनोज श्रेष्ठ साथै भोजपुरको विशाल तामाङ र आशिष श्रेष्ठको जोडी दुई टीम तृतीय भएको क्लवका अध्यक्ष अशोक कुमार राईले बताए।
क्लबका अध्यक्ष राईका अनुसार प्रथम हुने जोडीले ३० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड तथा मेडल प्राप्त गर्यो भने दोश्रो हुने खेलाडी टीमले १५ हजार नगद पुरस्कार सहित शिल्ड र मेडल प्राप्त गर्यो। तेश्रो हुने दुबै टीमले १० १० हजार नगद पुरस्कार सहित शिल्ड तथा मेडल प्राप्त गरे।
साँस्कृतिक कार्यक्रम अन्तर्गत खुल्ला नृत्य प्रतियोगीतामा आयोजक ईन्द्रावती क्लब प्रथम भयो भने दोश्रो स्थान साल्पासिलिछोको कुलुङले हात पार्यो। तेश्रो स्थान नेपालेडाँडा साँगुबोटेको समुहले हात पारेको क्लबका अध्यक्ष राईले जानकारी दिए। उनका अनुसार नृत्यतर्फ प्रथम हुने समुहलाई १५ हजार, दोश्रो हुने नृत्य समुहलाई १० हजार तथा तेश्रो हुने नृत्य समुहलाई ५ हजार नगद पुरस्कारको ब्यवस्था गरिएको थियो।
प्रमुख अतिथी साल्पासिलिछो गाउँपालिकाका प्रमुख महेश राई तथा बिशेष अतिथी गाउँपालिका उपाध्यक्ष धनमाया राईले बिजयी खेलाडी तथा नृत्य प्रतियोगिताका सम्पूर्ण बिजयी घोषित कलाकारहरुलाई पुरस्कार बितरण गर्नुभएको थियो। कार्यक्रममा कोरियोग्राफर सुनीता गुरुङको नृत्यले खचाखच उपस्थित दर्शकलाई मन्त्रमुग्ध पारेको थियो ।