खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि षनपा- ५ लाई

दिंला- भोजपुरको उत्तरी षडानन्द नगरपालिका ६ खेलकुद समितिले ले आयोजना गरेको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिका ५ को टीमले चुमेको छ । आज दिउँसो स्थानिय घ्याम्पे रंगशालामा सम्पन्न फाईनल खेलमा षनपा- ५ ले ठाकुरपाल तामांग स्मृति संस्थालाई २-० ले पराजित गर्दै उपाधि कव्जा गरेको हो ।

पहिलो हाफमा गरेको २ गोलनै निर्णायक वन्दा ठाकुरपाल तामांग स्मृति संस्था उत्कृष्ट खेल प्रदर्शन गरेता पनि उपाधि जित्न वाट चुक्यो । राम्रा अवसर पाएता पनि गोल गर्न नसक्दा ठाकुरपाल स्मृति संस्था उपाधि चुम्नवाट चुकेकोहो । प्रतियोगिताको सेमिफाईनलमा पराजित दिंला फुटबल क्लव र आँपटारी फुट्बल क्लबले १०-१० हजार पुरस्कार पाए ।

उपाधिसँगै षनपा ५ ले नगद ५० हजार रुपैंयाको साथै ट्रफी हात पार्यो । उता ठाकुरपाल स्मृति संस्थाले नगद ३० हजार रुपैंयामा चित्त बुझाउनुपर्यो । प्रतियोगिताको उत्कृष्ट किपर साकेवा क्लव नेपालेडाँडाका गणेश राई, उत्कृष्ट खेलाडी ठाकुरपाल स्मृति संस्थाका मिजास लिम्बु र सर्वोच्च गोलकर्ताको पुरस्कार उत्सव राईले जिते । उनिहरुले ट्रफी र नगद जनही ३१ सय पुरस्कार प्राप्त गरे ।

दिंला क्षेत्रमा करिव १ दशक पछि आयोजना भएको प्रतियोगितामा भोजपुर र संखुवासभाका २३ टीमको सहभागिता रहेको थियो । कात्तिक १४ गतेवाट शुरुभएको प्रतियोगिता अवधिभर दर्शकको समेत उल्लेख्य उपस्थिति रहेको र प्रतियोगिता ऐतिहाँसिक भएको आयोजकले दावि गरेको छ ।