एमाले षडानन्द नगर अध्यक्षमा सुजन राई

भोजपुर– नेकपा एमाले षडानन्द नगरपालिकाको नगर कमिटी अध्यक्षमा सुजन राई चयन भएका छन् । शुक्रवार विहान सम्पन्न नगरको प्रथम अधिवेशनवाट राईको नेत्रृत्वमा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा विदुर चन्द्र राई, सचिवमा दिपेश विष्ट, उपसचिवहरुमा सन्तोष बस्नेत र लेख बहादुर थापा सर्वसम्मत चयन भएको नेकपा एमाले षडानन्द नगर कमिटीले जनाएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं १ नं प्रदेश कमिटी सह–ईन्चार्ज एवं पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा विहिवार शुरु भएको अधिवेशन शुक्रवार सम्पन्न भएको हो ।

षडानन्द नगरपालिकाको अधिवेशन सम्पन्न भएसँगै एमालेको जिल्लाका ९ ओटै स्थानीय तहको अधिबेशन सम्पन्न भएको छ । जिल्लाको सवै भन्दा ठूलो पालिका साथै एकृक्रित समाजवादी पार्टीका सचिव तथा प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र कुमार राईको गृहपालिका भएकोले पनि यसलाई महत्वकासाथ हेरिएको थियो । पार्टी फुटको खास समस्या नरहेको नेकपा एमाले षडानन्द नगर कमिटीले जनाएको छ ।

अध्यक्ष सुजन राईले आँउदो निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका गतिविधिलाई अघि बढाईने खवरट्वीटसँगको कुराकानीमा वताए । उनले भने “वडा कमिटी गठन भईसकेको छ, अव टोल-टोलमा सँगठन विस्तार गरेर पार्टी नगरका सवै वार्ड र मेयर, उपमेयर पदमा समेत विजयी गराउने नव गठित कमिटीको अवको योजना हुने छ।”