भोजपुरवाट फर्किएपछि प्रचण्डको स्वास्थ्यमा समस्या, चिकित्सकको निगरानीमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्। प्रचण्डले शुक्रवार भोजपुरमा बृहत प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।

नेकपा माओवादीका महोत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी जाने कार्यक्रम स्थगित भएको छ। प्रचण्डअहिले प्रचण्डनिवास खुमलटारमा चिकित्सकको निगरानीमा रहेको संयोजक ढुंगानाले जानकारी दिए।

शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड जाने कार्यतालिका थियो। प्रचण्ड नजाने भएपछि केन्द्रिय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडकाले जानकारी दिए।