एक बर्ष अघि कांग्रेस प्रवेश गरेका तामाङ षडानन्द नगरको सभापतिमा निर्वाचित

भोजपुर- माओवादी केन्द्रवाट एक बर्ष अघि  प्रवेश गरेका भीम तामाङ भोजपुरकै ठूलो स्थानिय निकाय षडानन्द नगरपालिका नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित भएकाछन् । तामाङले सभापतिका अर्का उमेद्वार तेज बहादुर गुरुंगलाई १७ मतले पछि पार्दै सभापतिमा बाजि मारेका हुन् । तामाङले ९९ मत प्राप्त गर्दा गुरुंगले ८२ मत मात्र प्राप्त गरे ।

नगर कार्य समितिको उपसभापतिमा देउताराम तामाङ र रविन्द्र थापा, सचिवमा ज्ञानेन्द्र राई र भिम थापा र सह सचिवमा कमल कार्की र मेख तामाङ विजयी भएकाछन् । सभापतिमा निर्वाचित तामाङ २०७४ सालको स्थानिय निकायको निर्वाचनमा माओवादी केन्द्रवाट षडानन्द नगरपालिकाको मेयर पदमा उमेद्वारी समेत दिएका थिए । कांग्रेसवाट उमेद्वारी दिएका भीम तामाङ र राप्रपावाट उमेद्वार दिएका राजकुमार तामाङ एकैपटक नेपाली कांग्रेस प्रवेश गरेका थिए। ६० साल देखि माओवादी केन्दमा सक्रिय रहेका तामाङ असन्तुष्ट हुँदै कांग्रेसमा प्रवेश गरेका थिए ।

षडानन्द नगरपालिकामा कांग्रेसकै उमेद्वार वीरवल राई निर्वाचित भएका थिए भने तामाङले क्रमशः तेस्रो मत पाएका थिए । उनले स्थानिय निकायको निर्वाचनमा १९५६ मत पाएका थिए ।