भोजपुरका कृषकलाई धान थन्क्याउने चटारो ( तस्वीरहरु )

भोजपुरका किसानलाई अहिले मुख्य खाधान्न बाली धान थन्क्याउन भ्याई नभ्याई छ । मुख्य चाडहरु दशैं र तिहार मनाई नसक्दै धान पाकेपछि उनिहरुलाई व्यस्तता थपिएको हो । जिल्लाका अधिकांस धान खेती लगाउने स्थानहरुमा धान काट्ने, बिटा लगाउने काम धमा धम भईरहेको छ भने केहि स्थानमा दाईं पनि थालिएको कृषकहरुले वताएकाछन् । यस बर्ष मौषमले साथ दिएको र समयमा बर्षात भएकोले धान उत्पादन बढ्ने समेत कृषकहरुको अनुमान छ । हेर्नुहोस् तस्वीरमा विटालगाउँदै गरेका भोजपुरका किसान ।