भोजपुर कांग्रेस पदाधिकारीको मत परिणाम सार्वजानिक, कुन पदमा को निर्वाचित भए ?

भोजपुर-नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत भोजपुर जिल्ला अधिवेशन  जिल्ला कार्य समिति पदाधिकारीको मतपरिणाम सार्वजानिक भएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सभापतिमा विनोद वान्तवा चुनिएका छन् । उप-सभापतिमा गजेन्द्र कार्की र डम्बर कुमार श्रेष्ठ, सचिवमा चक्र कार्की र सफल किराँत र सह सचिवमा मनोज खनाल र कर्ण मोक्तान विजयी भएका छन् ।

सभापतिका लागि सोमबार भएको मतदानमा तीनै जना उम्मेद्वारले ५१ प्रतिशत मत नपाएपछि पहिलो हुने वान्तवा र दोस्रो नन्दमणि राईबीच पुनः निर्वाचन गर्नेगरी तयारी भएता पनि सभापतिका दाबेदार राईले ‘उच्च नैतिकता देखाएपछि’ सबै पक्षको सहमतिमा वान्तवा सभापति बने।

सभापतिका लागि वान्तवा, राई र बालकृष्ण थापा प्रतिस्पर्धामा थिए । तर अन्तिम मत परिणामअनुसार बान्तवाले चार सय १५, राईले तीन सय ९२ र थापाले तीन सय ६० मत ल्याएका थिए । महाधिवेशन प्रतिनिधिको मत परिणाम आउन बाँकी रहेको छ ।