
दिंला- भोजपुरका संघीय सांसद सुधन किरातीले भोजपुरको षडानन्द नगरपालिका ७ मा अवस्थित अरुण माध्यमिक विद्यालयलाई स्मार्टवोर्ड प्रदान गरेकाछन् । माओवादी केन्द्रको नगर अधिवेशनको सिलसिलामा दिंला पुगेका किरातीले आफ्नै पहलमा प्रभु बैंक लिमिटेडले उपलव्ध गराएको ३ लाख वरावरको अत्याधुनिक स्मार्टवोर्ड विद्यालयमै पुगेर प्रदान गरेकाहुन् ।
स्मार्टवोर्ड प्रदान गर्दै किरातीले ३ बर्ष अघि कै योजना भएता पनि बर्षा तर कोभिड १९ का कारण समयमा विद्यालयलाई उपलव्ध गराउन नसकेको वताए । उनले हाल परिक्षणको लागि एउटा मात्र स्मार्ट बोर्ड उपलव्ध गराएको र यो प्रविधि प्रभावकारी भएमा प्रत्येक कक्षाको लागि उपलव्ध गराउने प्रतिवद्धता जनाए । विद्यालयका प्रधानाध्यापक सञ्जीव न्यौपानेले स्मार्टवोर्ड उपलव्ध गराएकोमा सांसद सुधन किरातीलाई धन्यवाद प्रकट गर्दै स्मार्टवोर्ड शिक्षण सिकाईलाई प्रविधिमैत्रि वनाउन कोशेढुंगा सावित हुने वताए ।
कार्यक्रममा षडानन्द नगरपालिका ७ का वडाध्यक्ष बुद्ध सिं तामांग तथा विद्यालयका शिक्षक विद्यार्थीको समेत उपस्थिति रहेको थियो । प्र.अ. न्यौपानेले सांसद किराँती समक्ष विद्यालयको भौतिक विकासको निम्ति विद्यालय भवन, खेलमैदान लगायतका मागपत्र समेत पेश गरेकाछन् ।