
दिंला,१६ मंसिर- आयोजक षडानन्द नगरपालिका बालाचतुर्दशी मेलाको अवसरमा अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आयोजक टीमले भोजपुरकै राम प्रसाद राई गाउँपालिकालाई ३-० को सोझो सेटमा २८-२६,२५-१३ र २५-१२ ले पराजित गर्दै फाईनल स्थान पक्का गरेको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख रुपैंया, शिल्ड, मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार ७५ हजार रुपैंया ,शिल्ड मेडल र प्रमाण पत्र, र सेमिफाईनल पुग्ने दुवै टीमले २५ २५ हजार रुपैयाको साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भोजपुर र संखुवासभाका ९ टीमको सहभागि भएका थिए । भोलि वाँकी रहेको सेमिफाईनल खेलमा आमचोक गाउँपालिकाले सभापोखरी गाउँपालिका संखवासभाको सँग विहान सामना गर्ने छ भने विजेताले षडानन्द नगरपालिका सँग दिउँसो फाईलन गराईने नगर खेलकुद समितिका अध्यक्ष गुरुंगले खवरट्वीटलाई जानकारी दिए ।