दिंला- जन्म तथा कर्म स्थल भोजपुरको दिंलामा १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८७ औं जन्म जयन्ती मनाईएको छ । षडानन्द सीताराम गुठी व्यवस्थापन संस्थाले औपचारिक कार्यक्रम आयोजना गरि १८७ औं जन्म जयन्ती कार्यक्रकम आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न झाँकी प्रर्दशनका साथै विद्यालयहरुका विद्यार्थीहरुले कार्यक्रममा मार्चपास र पिटि प्रर्दशन गरेका थिए । षडानन्द माध्यमिक विद्यालयको प्राङगणबाट सुरु भएको ¥याली नारायण चौर, मन्दिर, षडानन्द अधिकारीको शालिकसँगै बजार परिक्रमा गरि दिङ्ला भलिबल ग्राउण्डमा औपचरिक कार्यक्रम गरि कार्यक्रम समापन भएको थियो । कार्यक्रममा षडानन्द मावि, अरुण मावि ,भगवति मावि, न्यू समिट इङ्लिस बोर्डिङ स्कुल, सरस्वती अधारभुत विद्यालयले मार्चपास र पीटी पर्दर्शनमा सहभागिता जनाएका थिए । कार्यक्रममा लाखे, संगिनी,पञ्चेबाजा साथै साँस्कृतिक कार्यक्रमपनि प्रस्तुत गरिएको थियो ।
।
कार्यक्रममा विभिन्न राजनीतिक दल तथा संघ संस्थाका पदाधिकारीहरुले १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीलाई चाँडो भन्दा चाँडो राष्ट्रिय विभुति घोषणा गर्नुपर्ने माघ गरेका थिए । कार्यक्रममा विशेष अतिथि समेत रहेका सुकुम्बासी समाधान आयोगका पुर्व अध्यक्ष ऋषिराज लुम्सालीले सरकारले राष्ट्रिय विभुति घोषणा गर्न ढिला गरेकोले अव अन्तराष्ट्रिय विभुति घोषणा गर्नको लागि पहल गर्ने समय आएको वताए । कार्यक्रमका प्रमुख अतिथि तथा षडानन्द नगरपालिकाका प्रमुख विरवल राईले कार्यक्रमलाई सम्वोधन गर्दै षडानन्द गुरुलाई चाँडै सरकारले विभुति घोषणा गर्ने वताए। “उनले भने षडानन्द गुरुलाई राष्ट्रिय विभुति घोषणा गर्न नगरपालिकाले सक्दो पहल गरेको छ, चाँडै उहाँलाई सरकारले राष्ट्रिय विभुति घोषणा गर्छ ।”