
काठमाडौं, २३ मंसिर- यस बर्षको षडानन्द राष्ट्रिय पुरस्कार गलेश्वर आश्रम देवघाट धाम, तनहुँलाई प्रदान गरिएको छ । आबाल ब्रह्मचारी षडानन्दको १८७ औं जन्म जयन्ती तथा षडानन्द प्रतिष्ठान काठमाडौंको चौधौँ बार्षिकोत्सवका उपलक्ष्यमा आयोजित विशेष समारोहमा आश्रमलाई पुरस्कार प्रदान गरिएको हो ।
बुधवार आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान, काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँको पुस्तकालय सभाकक्षमा वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा विशेष समारोहको आयोजना गरी २०७८ सालका षडानन्द राष्ट्रिय पुरस्कार, र षडानन्द क्षेत्रीय पुरस्कार अर्पण गरिएको हो। कार्यक्रममा षडानन्द मा.वि. दिङ्ला, भोजपुरका उत्कृष्ट २ जना विद्यार्थीलाई षडानन्द छात्रवृत्ति तथा २६ जना विद्यार्थीलाई षडानन्द संस्कृत छात्रवृत्ति प्रदान गर्ने जानकारी दिइयो।
विभिन्न दाताहरुको सहयोगमा प्रतिष्ठानबाट स्थापित एक लाख राशिको षडानन्द रष्ट्रिय पुरस्कार संस्कृत शिक्षा र वैदिक सनातन संस्कृतिको संरक्षण संवर्धनमा विशिष्ट योगदान पुर्यानउने श्री गलेश्वर आश्रम देवघाट, तनहुँलाई प्रदान गरिएको हो। त्यसै गरी पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्या,उने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरी सुपुत्रद्वय श्री निरञ्जन चापागाईं र श्री गायत्री कुमार चापागाईद्वारा आफ्ना स्वर्गीय पितामाता डण्डपाणि, युवा कुमारीका स्मृतिमा स्थापित ३५ हजार राशिको षडानन्द क्षेत्रीय पुरस्कार पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार श्री कोमल प्रसाद पोखरेललाई प्रदान गरियो।
षडानन्द माविमा कक्षा ६-९ मा उच्च ग्रेड ल्याउने कक्षा ९ की छात्रा मिलापमा राई र कक्षा ९ कै छात्र प्रशिक गौतमलाई ५हजार राशिको षडानन्द छात्रवृत्तिु प्रदान गर्ने तथा कक्षा ६-८ मा ऐच्छिक विषयका रूपमा संस्कृत भाषा अध्ययन गर्ने २६ जना विद्यार्थीहरुलाई प्रोत्साहनका लागि २ हजार राशिको षडानन्द संस्कृत छात्रवृत्तिु प्रदान गर्ने जानकारी प्रदान गरियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिवद् डा। जगमान गुरुङले नेपालमा संस्कृत अध्यापनमा सरकारले चलाएको संस्कृत विश्व विद्यालयभन्दा जोगी सन्यासीहरुले देवघाटमा चलाएका गुरुकुल तथा संस्कृत विद्यालयहरु सफल रहेको वताए। गुरुङले आगामी दश पन्ध्र वर्षपछि युरोप अमेरिकाबाट संस्कृत शिक्षाका निम्ति नेपाल आउनेहरुलाई यिनै विद्यालयले शिक्षा दिन सक्ने टिप्पणी गर्दै यस वर्षको षडानन्द राष्ट्रिय पुरष्कार गलेश्वर आश्रमलाई प्रदान गरेकोमा खुसी व्यक्त गरे ।
गलेश्वर आश्रमलाई पुरस्कार तथा सम्मान अर्पण गरकोमा खुसी व्यक्त गर्दै उपाध्यक्ष स्वामी अद्वैतानन्द गिरिले बालागुरु षडानन्दले झैँ आफ्नो आश्रमले पनि समाज सेवासँगै संस्कृत शिक्षा दिने गरेको उल्लेख गरे । उनले पाश्चात्य उच्चारणले बिग्रेर योग योगा‚ वेद वेदा भए झैँ अब ज्योतिष पनि ज्योतिषा हुन बेर छैन तर पनि हामी पाश्चात्यकै पछि लागिरहेछौँ भन्दै व्यङ्ग्य गर्दै हाम्रो मौलिक संस्कृति र संस्कृत जोगाउनु आजको आवश्यकता रहेको वताए ।
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान कार्य समिति पुनर्गठन
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको कार्य समितिको पुनर्गठन पुनर्गठन भएको छ । बुधवार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा कार्य समितिको चौथो कार्यकालका लागि निर्वाचनवाट कार्य समिति पुनर्गठन भएको हो ।
निर्वाचनबाट अध्यक्षमा प्रा. चेतोनाथ गौतम, उपाध्यक्षमा प्रा.लालानाथ सुवेदी, सचिवमा प्रा.डा. बद्री विशाल भट्राई, सहसचिवमा श्री निर्मला पोखरेल, कोषाध्यक्षमा श्री आत्मेश्वर चापागाईं तथा सदस्यहरुमा प्रा.डा. हेमाङ्ग राज अधिकारी, राम प्रसाद राई, रवीन्द्र अधिकारी र पुष्प बस्नेत निर्वाचित भएकाछन्।
नव निर्वाचित कार्य समितिले आबाल ब्रह्मचारी षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्ने, आबाल ब्रह्मचारी षडानन्दले स्थापना गरेको गुठीको सुसञ्चालनका लागि खबरदारी गर्ने, उनको कृति र कीर्ति संरक्षण संवर्धनका लागि प्रतिष्ठानले सञ्चालन गरेका नियमित कार्यक्रमहरुलाई प्रभावकारी रूपमा निरन्तरता दिने, षडानन्द सम्बन्धी थप सामग्रीहरुको प्रकाशन गरी प्रचार प्रसार गर्ने निर्णय गरेको छ।
नेपालको शैक्षिक इतिहासमा सर्वप्रथम जन सहयोग परिचालन गरी १९३२ मा भोजपुर, दिङ्लामा विद्यालय र मठ मन्दिरको स्थापना र तिनको सुसञ्चालनका लागि गुठीको व्यवस्था समेत गरी शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणका क्षेत्रमा अतुलनीय योगदान पुर्याउने आबाल ब्रह्मचारी षडानन्दको कृति र कीर्तिलाई चिरस्थायी बनाउने उद्देश्यले २०६४ मा स्थापना भएको हो ।