वडास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि ल्यांगलाई

दिंला- भोजपुरको षडानन्द नगरपालिका ३ चाम्लादांगमा आयोजितसाविक वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता कुदाककाउलेको साविक वडा ल्यांगले जितेको छ । चिचिला चाम्लादांग खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको आईतवार भएको फाईनल खेलमा हेलौंछालाई २१को सेटमा पराजित गर्दै ल्यांगले उपाधि जितेको हो ।

प्रतियोगितामा उपाधि जितेको टीम ल्यांगले नगद २० हजार, मेडल र प्रमाण पत्र, द्वितीयहुन सफल हेलौंछाले नगद १५ हजार, मेडल , प्रमाण पत्र, तृतीय कुलुंगले नगद १० हजार, मेडल , प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गरेको आयोजकले नगद ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितामा भोजपुरका षडानन्द नगरपाकिला, भोजपुर नगरपालिका र साल्पासिंलिछों गाउँपालिकाका १९ टीमको सहभागिता रहेको आयोजक संस्था चाम्लादांग खेलकुद विकास समितिका सचिव उमेस गुरुंगले जानकारी दिए ।

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी हेलौंछाका सन्तोष तामांग, सर्वोत्कृष्ट स्पाईकर चाम्लादांगका विक्रम सुनुवार, सर्वोत्कृष्ट डिफेन्डर ल्यांगका कर्ण राई, लिफ्टर हेलौंछाका वुद्धि तामांग, सर्वर कुलुंगका सुमन राई र व्लकर ल्यांगका विपल राई घोषित भए । सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार मेडल र प्रमाण पत्र प्राप्त गरे भने अन्यले जनही १५ सय मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको प्रथम पुरस्कार नेकपा एमाले षडानन्द नगर कमिटीले, दोस्रो पुरस्कार पुर्व भलिवल खेलाडी उत्तम सुनुवारले र तेस्रो पुरस्कार पुर्व खेलाडी ईन्द्र गुरुंगले प्रायोजन गरेको सचिव गुरुंगले वताए । प्रतियोगिताको सम्पूर्ण खर्च देश विदेशमा रहेका खेलप्रेमीहरुवाट प्रायोजन भएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सम्वोधन गर्दै समापन कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य सुरेन्द्र उदासले खेललाई अवका दिनमा जनजिविका सँग जोडनु पर्ने वताए । उनले स्थानिय स्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने वताए ।