भोजपुर- नेकपा एमाले भोजपुरको अध्यक्षमा शरण कुमार राई सर्वसम्मत चयन भएकाछन् । २ दिनको कसरतबाट अर्का अध्यक्षका दावेदार मक्कर खडका उपाध्यक्षमा रहने सहमति भएपछि सर्वसम्मत नेतृत्व छानिएको हो ।
अध्यक्षमा शरणकुमार राई सर्वसम्मत भएका छन् । माधव नेपालले पार्टी विभाजन गरेकोमा असन्तुष्टि जनाउँदै राई एमालेमै बसेका थिए । २०७५ जेठ २ को संरचनाअनुसार जिल्ला कमिटी सचिव रहेका राई एमाले विवादको क्रममा माधव नेपालले बनाएको समानान्तर कमिटीका अध्यक्ष थिए ।
१० बुँदे कार्यान्वयनको क्रममा उनलाई गत असोज ५ गते जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्ष बनाइएको थियो । मक्कर खड्कालाई सचिवको जिम्मेवारी दिइएको थियो । सर्वसम्मत भएका अन्य पदाधिकारीमध्ये सचिवमा किरण राई, सहसचिवमा ध्यानबहादुर राउत र धर्म किराती छन् ।