
संखुवासभा,२६ पुस- संखुवासभामा विभिन्न पार्टी परित्याग गरि ३ हजार वढि एमालेमा प्रवेश गरेकाछन् । आज संखुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र राप्रपा लगायत दलवाट जिल्ला देखि स्थानिय स्तरका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेकाहुन् ।
एमालेमा प्रवेश गर्नेमा नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य एवं चैनपुर नगरपालिका—८ का वडाध्यक्ष भरत खड्का, माओवादीका जिल्ला सदस्य सोमबहादुर जिमी, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सदस्य सुरेन्द्र् खत्री, नेपाली काँग्रेसका जिल्ला नेता भीमबहादुर जिमी, राप्रपाको चैनपुर नगर कमिटीका अध्यक्ष ललित राई लगायत विभिन्न पालिकाका ३ हजार वढि रहेको नेकपा एमाले संखुवासभाले जनाएको छ । उनीहरुलाई अध्यक्ष ओलीले माला र टीका लगाएर पार्टी प्रवेश गराएकाहुन्।