दैनिक पाठ योजना निर्माण सम्बन्धि तालिम सम्पन्न

संखुवासभा, ९ माघ २०७८,

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. १० मा रहेको श्री अरुण आधारभूत विद्यालय, यु.डब्लु.एस बतासेमा १ दिने दैनिक पाठ योजना निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिममा विद्यालयका ७ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम पाएपछी शिक्षकहरुलाई यु.डब्लु.एस नेपालले उपलब्ध गराएको शिक्षक डायरीलाई प्रयोग गरी शिक्षण सिकाई क्रियाकलाप संचालन गर्नलाई सहज भएको विद्यालयका प्रधानाध्यापक काजी ब. मगरले बताएका छन ।


तालिमको सहजीकरण यु.डब्लु.एस. नेपालका शिक्षा अधिकृत अमृत ढकालले गरेका थिए । ढकालका अनुसार दैनिक पाठयोजनाको तालिमलाई यु.डब्लु.एस. नेपाल अन्तर्गत संखुवासभाका ४१ वटा विद्यालयहरुका शिक्षकहरुलाई तालिम दिने कार्यक्रम रहेको जानकारी दिएका छन ।
यति मात्र नभई यु.डब्लु.एस. नेपालको सहकार्यमा काम गरीरहेका विद्यालयमा अन्य थप ६ ओटा शिर्षकमा शिक्षकको पेशागत बिकास तालिमका कार्यक्रम संचालन गर्दै आइरहेको छ ।