फागुन ३, २०७८
भोजपुर ,
योगमाया खेलकुद विकास समितिको आयोजनामा भोजपुरको प्रतिष्ठित भलिवल प्रतियोगिता योगमाया स्मृति कप ३ वर्षे अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन १४ गते देखि १७ गते सम्म आयोजना हुने भएको छ।योगमाया खेलकुद बिकास समितिको खेल मैदान मझुवाबेसीमा आयोजना हुने आयोजक क्लबका सचिव केदार बिष्टले जानकारी दिएका छन।
प्रथम हुने टीमले नगद ६१ हजार १ सय ६१ का साथ १०७ तोला चाँदिको ३ वर्षे रनिङ शिल्ड का साथ मेडल प्रमाणपत्र, दोस्रोलाई नगद ४१ हजार १ सय ४१ का साथमा शिल्ड मेडल प्रमाणपत्र तेस्रोलाई नगद ३१ हजार १ सय ३१ का साथ शिल्ड मेडल र प्रमाणपत्र, शान्तवना पुरस्कार नगद २१ हजार १ सय २१ का साथ उत्कृष्ट ५ वटा विधामा जनहि १ हजार का साथ ट्रफि प्राप्त गर्नेछन्।खेलमा भोजपुर र संखुवासभाको गरि करिव १७ टिमको सहभागीता रहने आयोजकको अनुमान छ ।
योगमाया न्यौपाने को स्मृतिमा २०५४ साल बाट निरन्तर भलिबल प्रतियोगिता संचालन हुने गरेको योगमया खेलकुद बिकास समितिका अध्यक्ष भुपाल कठेतले जानकारी दिएका छन।