संखुवासभाको मादीमा भएको बस दुर्घटनाको कारण तीव्र गतीका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । धेरै घुम्ति भएको वाटोमा तीव्र गतिमा बस गुडेकाले घुम्ति काट्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको संखुवासभाका डिएपी लालध्वज सुवेदीले बताएकाछन्।
संखुवासभा मादी नगरपालिको ओखबोटो बजारबाट यात्रु लिएर बिहान ७ बजे हिडेको बस आधाघण्टा पछि दुर्घटना ग्रस्त भएको थियो। विहीबार बिहान भएको दुर्घटनामा मादीका ११ जना, मादी माइती भएकी एक जना र मादी मावली भएका दुई जना गरी १५ जनाले ज्यान गुमाए।
ओखरबोटेको बसपार्कबाट दुर्घटनास्थल करिब ७ किलोमिटर तल पर्छ। बसपार्कबाट झापाको दमकका लागि छुटेको रेशम फिरीरी नामको बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको हो। करिब ३ महिना अघिमात्रै कालोपत्रे सकिएकाले बाटो त्यती राम्रो नभएको मादी नगरपालिका मेयर विदुर लिंथेपले बताए।
दुर्घटनाको खबर पाएपछि घटनास्थल पुगेका मेयर लिंथेपले भने–‘हेर्दा बसको माथि सिट मात्र देखिएको थियो यत्रतत्र घाईते र शव छरिएको थियो।’बस सडक भन्दा करीब तीन सय मिटर तल खसेको थियो। ‘म पुग्दा घटनास्थलमा स्थानीय पुगेर उद्धार गरिरहेका थिए। शसस्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब दुई घण्टा भन्दा बढी लगएर शव संकलन गरियो।’ मेयर लिंथेपले भने। त्यस्तो सजिलो घुम्तिमा पनि चालकले घुम्ति काट्न नसक्दा ठूलो दुर्घटना हुन पुगेको उनको भनाई छ।
घाइतेको उपचारका लागि चैनपुरस्थीत चैनपुर स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ उपचार हुन नकेपछि नेपाली सेनाको हेलीकप्टर मार्फत उनीहरुको उपचार गर्न धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। घाइतेसँगै धरान पुगेका लिंथेपले भने घाइतेको उपचारका लागि नगरपालिकाले कुनै कमी हुन नदिने बताए। दुर्घटनामा मादीवासीले ज्यान गुमाएका हामी शोकमा छौ, त्यसकारण नगरपालिकाले शोकमा बिदा दिने तयारी गरेको मेयर लिंथेपले बताए।
ओरालो सडकमा धेरै घुम्ति भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान डिएसपी सुवेदी जानकारी दिए। धेरै घुम्ति त्यसमा पनि तीव्र गतिमा गुडेकाले घुम्ति काट्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको डिएपी सुवेदी बताउँछन्। बस पहिलो घुम्ति नकाटिई सिधै झरेको देखिन्छ, कालोपत्रे भएपछि गाडी तीव्र गतिमा गुड्ने उनको अनुमान छ। ओखरबोटे बसपार्कबाट ६ जना यात्रु लिएर बस गुडेको थियो। केही तल आएपछि ३ जना थपिएका थिए। पुलुङमा आएपछि बाँकी यात्रु राखेर अघि बढेको बस केही बेरमै भीरबाट खसेको थियो।
दुर्घटनमा मृत्युहुनेहरु मादीकी सीता बिक, अञ्जना कटुवाल, भवानीप्रसाद दाहाल, ईन्द्र अधिकारी, दिक्षा कटुवाल, वलबहादुर कार्की, सविताल कार्की, दिपककुमार दाहाल रहेका छन्। त्यस्तै मादी माइती भएकी ताप्लेजुङकी समिक्षा योञ्जन, उनका छोरा सुदिप घिसिङ, मादीका श्याम शेर्पा, आईतबहादुर तामाङ, तेह्रथुमका चालक विपिन निरौला र मादीका सहचालक उमेश भट्टराईको मृत्यु भएको डिएसपी सुबेदीले बताए।
समिक्षा छोरा लिएर मादी माइती आएकी थिइन्। उपचारको लागि हेलिकप्टरबाट धरान लगिएको मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो। जिल्लाकै धर्मदेवि नगरपालिकाको आँखिभुई माइति भएकी पोखरेल खोलुखुम्बु विवाह गरी मादी–५ मामलीमा बसेर मादी माध्यमिक विधालयमा अध्यापन गराउँदै आएकि थिइन्।
अन्य घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनीहरुको पोष्टमार्टमगरी बिहीबार नै आफन्तलाई शव जिम्मा लगाईने डिएसपी सुबेदीले बताए।