
दिङ्ला,२९ फागुन- भोजपुरको षडानन्द नगरपालिका किरात राई यायोख्खा नगर समितिको अध्यक्षमा याङ्गराज राई सर्वसम्मत चयन भएकाछन् । आज नगरको केन्द्र दिङला बजारमा अवस्थित बहुउद्देश्यि धर्मशालामा सम्पन्न यायोख्खाको दोस्रो अधिवेशनले याङ्गराज राईलाई दोस्रो पटक नेतृत्वमा चयन गरेको हो ।
आज गठन गरिएको २९ सदस्यीय समितिको उपाध्यक्षमा भक्त कुमार राई र प्रेम प्रसाद राई,सचिवमा साङ्देम्वा राई, सह-सचिव युवराज राई र कोषाध्यक्षमा सञ्जिता राई रहेकाछन् । ३३ सदस्यीय रहने नगर समितिमा ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने नवगठित समितिका सचिव साङ्देम्वा राईले वताए । आज नै किरात राई यायोख्खा षडानन्द नगर कमिटीकोको सल्लाहकार समितिको पनि गठन गरिएको छ । सल्लाहकार समिति नगर प्रमुख विरवल राईको संयोजकत्वमा १७ सदस्य रहेकाछन् ।
नवगठित समितिका अध्याक्ष याङ्गराज राईले किरात राई जातिको भाषा धर्म संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन र प्रबर्द्धनको लागि कुनै कसुर बाकी नराखी काम गर्ने प्रतिवद्धता जनाए। उनले किरात राई जाति र अन्य जातजाति बिचको सुमधुर सम्बन्ध कायम गर्दै यो नगरलाई बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृतिक नगर को रूपमा बिकास गर्न गराउनको लागि अहम भुमिका निर्बाह गर्ने वताए। यहाँ विभिन्न जातजातिको बसोबास रहेको हुँदा जातीय बिबिधतामा एकताको बिकास गर्दै सामाजिक सद्भाब कायम गरेर यो नगरलाई विभिन्न फुलहरुको साझा फुलबारीको रुपमा निर्माण गर्नका लागि भुमिका खेल्ने समेत प्रतिबद्धता जनाए।