दिङ्ला बसपार्क भवनको उद्घाटन, सदुपयोग हुनेमा आशंका

दिङ्ला,११ चैत्र– भोजपुरको षडानन्द नगरपालिका- ७, गढिगाउँमा निर्मित दिङ्ला बस पार्क भवनको उदघाटन भएको छ । प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा १ करोड २१ लाखमा निर्माण भएको भवनको नगर प्रमुख विरवल राईले आज एक कार्यक्रमका विच उद्घाटन गरेका हुन ।

गत आर्थिक बर्षको असार मसान्तमा सम्पन्न हुनु पर्ने निर्माण कार्य कोरोना कहरको कारणले समयमा सम्पन्न हुन नसकेपछि समय थप गरि निर्माण कार्य सम्पन्न गरि विधिवत रुपमा उद्घाटन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम बस्नेतले बताए ।

बस पार्क निर्माण तथा उद्घाटन कार्य ढिलै भएपनि उद्घाटन हुँदा खुसी लागेको वडा नं. ७ का वडाध्यक्ष बुद्धसिं तामाङले बताए ।उनले आफ्नो वडालाई छनौट गरेर बसपार्क निर्माणमा सहयोग गरेकोमा सहयोगिहरु प्रति धन्यवाद प्रकट गरे ।

यता राजनीतिक दलका प्रतिनिधिहरुले भने बसपार्कको सदुपयोग हुनेमा आशंका गरेकाछन् । दिंला बजार आशपाशमै निर्माण भएका गान्धी मेमोरियल अस्पताल, पर्यटन सूचना केन्द्र लगायतका भवनको सदुपयोग नभईरहेको दृष्टान्त प्रस्तुत गर्दै नेकपा समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमालेका पार्टी प्रतिनिधिहरुले आशंका व्यक्त गरेकाहुन् ।

नगर उपप्रमुख मेरिका राईले समयको प्रतिकुलताका बावजुद आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दावि गरिन् । उनले भनिन् आवश्यकताको आधारमा धेरै जनता लक्षित कार्ययोजना निर्माण गरि काम गर्न र सहि वाटोमा नगरलाई हिनाउन सफल भएका छौं ।

नगर प्रमुख विरवल राईले वसपार्कको सदुपयोग हुनेमा ढुक्क हुन आग्रह गरे । उनले गान्धी मेमोरियल अस्पताललाई प्रयोगमा ल्याउन संघ र प्रदेश सरकार सँग पहल गरिहेको वताए । उनले अस्पतालको लागि आवश्यक कर्मचारी र सामाग्री उपलव्ध गराउन प्रदेश र संघीय सरकार सकारात्मक रहेको पनि वताए ।