राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न

दिंला,२८ चैत्र- भोजपुरको षडानन्द नगरपालिकाको विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । २५ गतेवाट शुरु भएको प्रतियोगिता आईतवारनै समापनको मिति तय भएतापनि भलिबलको फाईनल खेल बर्षातका कारण अवरुद्ध भएपछि आज समापन गरिको आयोजक विद्यालयका प्रधानाध्यापक डम्वर विष्टले जानकारी दिए ।

प्रतियोगितामा नगर भित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा ९ स्वर्ण, ८ रजत र ३ कास्य सहित षडानन्द मावि प्रथम, ८ स्वर्ण , ५ रजत र ६ कास्य सहित अरुण मावि द्वितीय र ४ स्वर्ण, २ रजत र ५ कास्य सहित सावित्रा माविले तृतीय स्थान हाँसिल गरे । त्यस्तै प्रतियोगितामा शारदा मावि ३ स्वर्ण, ६ रजत र ११ कास्य सहित चौथो, १ स्वर्ण र १ रजत सहित न्यु समिट ईंग्लिस बोर्डिङ्ग पाँचौं, १ स्वर्ण र १ कास्य सहित खार्ताम्छा मावि छैठौं,२ रजत सहित सन्तसावित्रा मावि सातौं र चन्द्र सूर्य मावि २ रजत नै जित्दै सातौं स्थानमा रहे । प्रतियोगितामा महेन्द्रोदय मावि र भगवती माविले यस बर्ष पदकमा खाता खोल्न सकेनन् ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई षडानन्द नगरपालिकाका प्रमुख विरवल राई, उपप्रमुख मेरिका राई, षडानन्द माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धसिं तामाङ्गले पुरस्कार वितरण तथा वधाई दिएका थिए ।