भोजपुर– भोजपुरको दिङ्लामा सञ्चालित खुल्ला पुरुष युगल व्याडमिण्टन प्रतियोगिताको उपाधी भोज बहादुर गुरुङ र नविन सिलवालको जोडीले हात पारेको छ । मोरङ्का गुरुङ् र सिलवालको जोडीले भोजपुरका विशाल तामांग र सरोज खवासको जोडीलाई ३-० को सोझो सेटमा पराजित गदैै उपाधि चुमेको हो ।
प्रतियोगितामा दिङ्लाका दावा शेर्पा र नरेन्द्र तामाङ साथै खाँदवारीका मुनुहाङ गुरुङ र राजविक्रम लिम्बुको जोडी सेमिफाईनलिष्टको रुपमा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ४० हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन भने उप–विजेता हुने टिमले नगद रु २५ हजार साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
सेमिफाईनलिट दुबै टिमले नगद रु १०-१० हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । विगत ४ बर्षदेखि शहिद दिवसको अवसरमा आयोजना गर्दै आईएको प्रतियोगिता यस बर्ष कोभिडको कारण सञ्चालन हुन नसकेपछि नयाँ बर्षको अवसरमा २०७८ चैत्र २८ देखि ३० गते सम्म सञ्चालन भएको हो । प्रतियोगितामा भोजपुर, संखुवासभा र मोरङका १८ जोडीको सहभागिता रहेको थियो ।