दिंला, १ बैशाख- पालिका वडास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिकाको वडा नं-१२ टारीगाउँले जितेकोेछ। आज दिउँसो षडानन्द नगरपालिका वडा नम्वर-८ निगुरेमा रहेको कभर्ड हलमा आयोजित फाईनल खेलमा वडा नम्वर-२ कुदाककाउलेलाई २५-२०,२८-२६ र २५-१६ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
तुङगेछा खेलकुद समितिले नयाँ वर्षको अवसर पारि आयोजना गरेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गत चैत्र २९ गत्ते सुरू भएको थियो। प्रतियोगितामा ट्याम्के मैयुँँ गाउँपालिका-१ तिम्माले तेश्रो स्थान हात पारेको छ। आयोजक षडानन्द नगरपालिका ८ लाई २-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थानमा उभ्याएको हो ।
प्रतियोगितामा प्रथम, दितीय र तृतीय स्थान हासिल गर्नेले क्रमस ५५हजार ट्रफी मेडल र प्रमाण पत्र, ३५ हजार ट्रफी मेडल र प्रमाण पत्र र तेस्रो हुनेले नगद रु २० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । सान्त्वना स्थान ओगटेको तुङगेछाले १५ हजारमा चित्तबुझाउनु पर्यो । प्रतियोगितमा बिजेता हुने टिमका खेलडीहरूलार्इ समापन समारोहका प्रमुख अतिथि षडानन्द नगरपालिकाका प्रमुख बिरबल राई बिशेष अतिथि उप-प्रमुख मेरिका राई, वडा नम्वर- ८ का अध्यक्ष किशोर किराँतले पुरस्कार वितरण तथा वधाई ज्ञापन गरेका थिए।
प्रतियोगितामा षडानन्द नगरपालिका, ट्याम्के मैयुँ गाउपालिका र अरूण गउँपालिकाका जम्मा १२ टिम सहभागिता रहेको थियो । प्रतियोगिता वडा नम्वर-८ को पहलमा प्रदेश नम्वर १ सरकार, षडानन्द नगरपालिका र सोहि वडाको बजेटवाट नवनिर्मित कभर्डहलमा आयोजिना गरिएको हो ।