भोजपुरमा सत्ता गठबन्धन विच सहमति, कुन पालिकामा कसले पाए ?

भोजपुर- भोजपुरमा स्थानीय तह निर्वाचनका लागि सत्ता गठवन्धन विच सहमति भएको छ । आज दिउँसो भोजपुर सदरमुकाममा वसेको बैठकले प्रमुख र उप प्रमुख पदको लागि सहमति गरेको हो ।

सहमति अनुसार नेपाली काङग्रेसलाई ५ पालिका, नेकपा माओवादि केन्द्रलाई २ पालिका र बाकि २ पालिकालाई सत्ता गठवन्धन वाहेक गठवन्धन गर्न नपाउनेगरि चुनाव लडने सहमति भएको छ ।। जिल्लामा नेपाली कांग्रेसले भोजपुर नगरपालिकामा मेयर, षडानन्द नगरपालिकामा मेयर, टेम्केमैयुङ गाउँपालिकामा अध्यक्ष, साल्पासिलिछो गाउँपालिका अध्यक्ष र हतुवागढी गाउँपालिकामा अध्यक्ष पाएको छ । यसै गरी नेकपा माओवादी केन्द्रले पौवादुङमा गाउँपालिका अध्यक्ष र रामप्रसादराई गाउँपालिका अध्यक्ष पाएकोे छ ।

सहमति अनुसार कांग्रेसले रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकामा उप प्रमुख पाएको छ भने माओवादी केन्द्रले षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिकमाा उप प्रमुख पद पाएको छ । नेकपा एकीकृत (समाजवादीले) भोजपुर नगरपालिकामा उपमेयर र टेम्केमैयुङ गाउँपालिका उप प्रमुख पद पाएको छ ।

यता आमचोक गाउँपालिका र अरुण गाउँपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफनो पार्टीबाट उम्मेदवार उठाउने भएका छन । दलहरुका बिचमा स्थानीय तहका जम्मा ८१ वडा मध्ये कुन कुन वडामा गठवन्धन गर्ने भन्ने बिषयमा छलफल जारी रहेको गठवन्धन दलका वार्ता संयोजक नेपाली कांग्रेसका जिल्ला सभापति बिनोद बान्तवाले जानकारी दिए ।

जिल्ला समन्वय समितिमा भने जनता समाजवादीलाई प्रमुख र नेकपा माओवादीलाई उप प्रमुख पद दिने सहमती भएको छ ।