भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एसले एक्लै चुनाव लडने

भोजपुर- जिल्लाको सवैभन्दा ठूलो पालिका षडानन्द नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले एक्लै चुनाव लडने भएको छ । फेसवुक मार्फत उमेदवारी सार्वजानिक गर्दै नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) षडानन्द नगर अध्यक्ष हरि भित्रिकोटीले यस्तो जानकारी दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले षडानन्द नगरपालिकामा मेयर र ९ वटा वडाध्यक्षमा उमेद्वारी घोषणा गरेको छ । मेयरमा नगर अध्यक्ष समेत रहेका हरि भित्रिकोटीले उमेद्वारी दिएकाछन् । १४ वडा रहेको नगरपालिकामा आफ्नो प्रभाव रहेका ९ वटा वडामा उमेद्वारी घोषणा गरेको हो । नेकपा एसका सचिव तथा प्रदेश नम्वर १ का मुख्यमन्त्री समेत रहेका राजेन्द्र कुमार राईको पालिका समेत भएकोले एकिकृत समाजवादीको उमेद्वारीलाई महत्वका साथ हेरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले वार्ड नं १ मा गजेन्द्र कुमार राई, वार्ड नं २ मा विशाल राई , वार्ड नं ४ मालेखनाथ श्रेष्ठ,वार्ड नं ७ मा मिलन तामाङ, वार्ड नं ८ मा दिपराज राई, वार्ड नं ९ मा ङिमा शेर्पा , वार्ड नं १० मा नूतन राई, वार्ड नं ११ मा मिलन विष्ट र वार्ड नं १३ मा बिन्द्र कुमार तामाङलाई टिकट दिएको छ ।

वडा नम्वर १ का उमेद्वार गजेन्द्र कुमार राई अघिल्लो निर्वाचनमा नेकपा एमालेको तर्फवाट वडा नम्वर १मा पराजित भएका थिए भने वडा नम्वर २ का उमेद्वार विशाल राई वडा नम्वर २ वाट निर्वाचित वडा सदस्य हुन् । वाँकी सवै नयाँ अनुहार हुन । मुख्यमन्त्री राईको वार्डको उमेद्वार मिलन विष्ट कांग्रेसवाट नेकपा एसमा प्रवेश गरेका हुन । आफ्नो मत सुरक्षित गर्न एकल उमेद्वारी गरिएको नगर अध्यक्ष हरि भित्रिकोटीले जानकारी दिए ।