
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो ।
आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।
६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।
निर्वाचन आयोगले आज काठमाडौं, भक्तपुर र ललितपुरवाहेकका नमुना मतपत्र सार्वजानिक गर्दा भोजपुरको पनि सार्वजानिक गरेको हो । भोजपुरको नमुना मतपत्रमा सवैभन्दा माथि सुर्य त्यसपछि क्रमशःरुख, हसिँया हतौडा, छाता, साईकल, कलम सहित २५ वटा चुनाव चिन्हहरु रहेकाछन् ।