षडानन्द नगरपालिकाको मेयर उपमेयरमा गठवन्धन अगाडि

भोजपुरको षडानन्द नगरपालिकामा गठवन्धनले मेयर उपमेयरमा अग्रता लिएको छ । ३ हजार ४१ मत गणनाहुँदा गठवन्धनले अग्रता लिएको हो ।

मेयरमा गठवन्धनका विरवल राईले १३२३ मत सहित अग्रता लिएका छन् भने उनलाई एमालेका सुरेन्द्र उदासले १२५९ मत सहित पछ्याईरहेका छन् । उपमेयरमा गठवन्धनकी प्रमिलाई राईले फराकिलो अग्रता लिएकीछिन् । उनले १ हजार ४ सय ४१ मत प्राप्त गर्दा एमालेकी मेरिका राईले ९ सय ४१ मत प्राप्त गरेकी छिन् ।

हाल सम्म २ वटा वडाको गणना सम्पन्नभएको छ । नेकपा एमालेले वडा नम्बर १४ मा अध्यक्ष सहित प्यानलै जितेकोछ भने नेपाली काङ्ग्रेसले वडा नम्बर ८ मा अध्यक्ष र २ जना सदस्य जितेकोछ। वडा नम्वर ८ मा नेकपा एमाले ले २ वडा सदस्यमा विजयी हासिल गरेको छ ।अहिले वडानम्वर १ र १३ को मत गणना जारी रहेको छ ।