षडानन्द नगर कार्यपालिकामा एमाले र गठवन्धनका ४-४ जना निर्वाचित, कसले कति मत पाए ?

षडान्नद नगरपालिकाको नगर कार्यपालिका निर्वाचनमा नेकपा एमालेको र गठवन्धन को तर्फवाट ४-४ जना निर्वाचित भएकाछन् । आज सम्पन्न निर्वाचनमा एमालेवाट निर्वाचित हुनेमा रेखमान राई, बुद्धि हिङ्ममाङ, लमु शेर्पा र अमृता रार्इ साथै नेपाली काङ्गेसको तर्फबाट अरुणा राई, लिला राई, मन्दिप रसाईली र रुद्रमाया बिश्वकर्मा निर्वाचित भएकाहुन् ।

निर्वाचनमा एमालेको तर्फवाट ८ जनाले उमेद्वारी दिएका थिए भने गठवन्धनको तर्फवाट कांग्रेसका ५, माओवादी केन्द्रको तर्फवाट २ र नेकपा एकृक्रित समाजवादी पार्टीवाट १ जनाको उमेद्वारी परेको थियो । बैशाख ३० गते सम्पन्न निर्वाचनमा नेकपा एकृक्रित समाजवादीको तर्फवाट वडा नम्वर २ वाट उमेद्वारी दिएर पराजित भएका विशाल राईले स्वतन्त्र उमेद्वारी दिएका थिए ।

गठवन्धनको तर्फवाट उमेद्वारी दिएता पनि कांग्रेस वाहेकका उमेद्वार पराजित भएपछि माओवादी केन्द्र र एकिकृत समाजवादीका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा तिव्र आक्रोस पोख्न थालेकाछन् ।

कसले कति मत पाए ?

बुद्धि हिंगमांग ३९ विजयी (एमाले)
रेखमान राई ३७ विजयी (एमाले)
राजेन्द्र राई ३६ (एमाले)
मन्दिप रसाईली ३७ विजयी (कांग्रेस)
सुरेन्द्र राई ३३ ( माओवादी केन्द्र)
हरि भित्रिकोटी ३२(ए समाजवादी)

अमृता राई ३७ विजयी (एमाले)

लमु शेर्पा ३६ विजयी (एमाले)
अरुणा थुलुंग राई ३७ विजयी (कांग्रेस)
रुद्र माया विश्वकर्मा ३७ विजयी(कांग्रेस)
लिलाकला राई ३७ विजयी(कांग्रेस)
अमृता दर्जी ३५ (एमाले)
उर्मिला सुन्दास ३५(एमाले)
विशाल राई १ (स्वतन्त्र)
पवित्रा विक ३५(एमाले)

गोमा देवि विश्वकर्मा (३५) (कांग्रेस)
लदिकी शेर्पा (३५)