
संखुवासभा, २२ जेठ – युनार्ईटेड वर्ल्ड स्कुल्स् नेपालको आयोजनामा जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसर पारेर युनार्ईटेड वर्ल्ड स्कुल्स् नेपाल अन्तर्गत रहेका संखुवासभा ,गुल्मी र ताप्लेजुङमा गरी जम्मा ५१ वटा विद्यालयहरुमा १ विद्यार्थी १ बिरुवा कार्यक्रम अन्तर्गत ६ हजार विरुवाहरु वृक्षरोपण गरी कार्यक्रम सम्पन्न गरिएको छ ।वृक्षरोपण तथा सरसफाई कार्यक्रममा विद्यालयका शिक्षक,अभिभावक,विद्यार्थी र स्थानीय जनप्रतिनिधीहरु सहित सरोकारवाला पक्षहरु सहितको उपस्थिती रहेको थियो । वृक्षरोपण कार्यक्रममा यु.डब्लु.एस नेपाल अन्तर्गत रहेका करिब ६ हजार विद्यार्थीहरुको सहभागिता रहेको र विद्यार्थीहरुले तेजपत्ता ,रुद्राक्ष,जडिबुटी,आँप,अम्बा , लालिगुराँस तथा लिची लगाएतका विरुवाहरु रोपिएको र १ विद्यार्थी १ बिरुवा अभियानले वातावरणीय चेतना जगाउन र विद्यार्थीहरुलाइ दैनिक जीवनमा यसको महत्वबारे जानकारी गराउनको लागी आयोजना गरिएको यु.डब्लु.एस् नेपालका शिक्षा संयोजक आशिष अधिकारीले जानकारी दिएका छन ।
यु.डब्लु.एस नेपालका सह-संस्थापक तथा राष्ट्रिय निर्देशक सुर्य कार्कीका अनुसार “परिवर्तन एउटा व्यक्तिबाट भएको एउटा कार्यबाट सुरु हुन्छ ,र यसले एउटा ठुलो परिवर्तन ल्याउनमा अग्रणी भूमिका खेल्दछ ।कार्कीका अनुसार युनाईटेड वल्र्ड स्कुल्स, नेपालको १ विद्यार्थी ,१ बिरुवा अभियान ” हाम्रो पृथ्वी तथा समुदायहरुमा जलबायु परिवर्तनको एक कदम रहेको बताएका छन ।
वृक्षरोपण कार्यक्रम सगँसगै विद्यार्थीहरुले वातावरण संरक्षण सम्बन्धी पोष्टर,स्लोगन बोर्डहरुका साथ कला र शिल्प सामाग्रीहरु बनाएर पर्दशनी आयोजना गरेका छन ।कार्यक्रमको अबसरमा संखुवासभाको मादी नगरपालिकास्थित यु.डब्लु.एस आलेका प्रधानाध्यापक खड्गबहादुर दर्जीले यो अभियानले वातावरण संरक्षण र हरियाली थप्नेतर्फ टेवा पुग्ने विश्वास व्यक्त गरेका छन. त्यसैगरी गुल्मीको थुर्कोट गाउँपालिकामा रहेको यु.डब्लु.एस् वाग्लाका प्रधानाध्यापकले वातावरणलाई स्वच्छ बनाउने , संरक्षण गर्ने हाम्रो दायित्व भएको भन्दै वातावरणलाई सुरक्षित र स्वस्थ बनाउनका लागि सबै मिलेर लाग्नुपर्ने बताएका छन् । त्यसैगरी मकालु गाउँपालिका स्थित यु.डब्लु.स् हेदाङनागढीका विद्यालय व्यवस्थापन समितिका सदस्य धनबहादुर कार्कीले यस प्रकारको अभियानले अभिभावक, शिक्षक, विद्यार्थी र समुदायमा वातावरण संरक्षणमा चेतना अभिबृद्धि गराउन मद्दत पुग्ने बताएका छन्।
यु.डब्लु.एस् नेपाल यु.डब्लु.एस् युकेको सहयोगमा आधारित देशको पिछडिएको तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई शैक्षिक अवसर तथा पहुँच सबलिकरणको निम्ति स्थापित गैर नाफामुखी संस्था हो। यु.डब्लु.एस् नेपालको प्रमुख उदेश्य बालबालिकाहरुकोलागि सुरक्षित र अध्ययनको निमित्त गर्ने सबै आधुनिक सुबिधा तथा प्रविधियुक्त पुर्वाधारको विकास तथा व्यवस्थापन गर्नु हो। विद्यालय भवनले मात्र गुणस्तरिय शिक्षा दिन सकिँदैन भन्ने हेतुले यु.डब्लु.एस् नेपालले रचनात्मक कक्षाकोठामा आवश्यक पर्ने श्रोत साधनहरु, आधारभूत शैक्षिक उपकरण आवश्यकता बमोजिम शिक्षकहरुको बन्दोबस्त गर्नुका साथै दक्ष तथा प्रशिक्षित फेल्लोहरु अध्यापनको निम्ती पठाउने गर्दछ। हालसम्म यु.डब्लु.एस् नेपालले ५१ वटा वद्यालायहरु निर्माण गरी ग्रामीण नेपालका ८ हजार विद्यार्थीहरुलाई गुणस्तरीय र समावेशी शिक्षामा पहुँच प्रदान गरिसकेको यु.डब्लु.एस् नेपालका शिक्षा निर्देशक अभिनाश झाले जानकारी दिएका छन् ।