गठवन्धनको सभा बहिष्कार गरेपछि षडानन्द नगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबारका लागि तय भएको नगर सभा गठवन्धनले बहिष्कार गर्दा स्थगित भएको हो ।
गठवन्धनका नगर उप प्रखुख सहित १३ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले पटक पटकको बैठकमा विषयगत समिति टुंगो लाग्न नसकेको, बजेट सिलिंग तर्जुमा नगरि टोल परिषद तथा वडा परिषद नै नगराई नगर सभा आहन गरिएको आरोप लगाउँदै नगर प्रमुखलाई पत्र लेखी नगर सभामा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । गठवन्धनले नगर प्रमुखलाई स्थानिय सरकार संचालन ऐन २०७४ तथा नगर कार्यपालिका बैठक संचालन कार्यविधि २०७४ विपरित भएकोमा एकलौटी ढंगले बैठक संचालन गरेको आरोप पनि लगाएकाछन् ।
यता एमालेले गठवन्धनले हलो अडकाएर गोरु कुट्ने काम गरेको वताएको छ । कार्यपालिकाको पहिलो बैठकले नै कानुन वमोजिम उपमेयरको संयोजकत्वमा राजस्व परामर्स समितिले अहिले सम्म बैठक नवोलाएको समितिको सदस्य समेत रहेका एमालेवाट निर्वाचित वडाध्यक्ष झम्क रोकाहाले जानकारी दिए । राजस्व अनुमानको खाका नआउँदा बजेट निर्माणमा वाधा पुगेको उनको भनाई छ ।
राजस्व परामर्स समितिले आयको प्रक्षेपण खाका नदिंदा नगर प्रमुखको संयोजकत्वमा रहने स्रोत अनुमान तथा सिमा निर्धारण समितिले आयको प्रक्षेपण र सोको सन्तुलित वितरणको खाका तथा बजेट निर्धारण हुन नसक्दा वडा परिषद र विषयगत समितिहरुले योजना तर्जुमा हुन नसकेको नगर प्रमुख सुरेन्द्र उदासले खवरट्वीटलाई वताए । विहिवार वोलाईएको कार्यपालिका बैठक समेत बहिस्कार गरेपछि संवैधानिक व्यवस्था अनुसार असारको १० गतेवाट नगरसभा शुरु गर्नुपर्ने संवैधानिक व्यवस्था भएकोले नगर प्रमुखले संवैधानिक व्यवस्था अनुसार स्वविवेकले नगरसभा प्रारम्भ गरिएको नगर प्रमखु उदासले वताए ।
वार्ता र संवादको माध्यमवाट समस्या समाधान गर्न आँफु उद्धत रहेको नगर प्रमुख उदासले वताएकाछन् । चाँडै उप प्रमखु राजस्व परामर्स समितिको बैठक बोलाउन सुझाएर बजेट निर्माण प्रक्रियालाई अघि वढाउने पनि नगर प्रमुख उदासले वताए ।