मुलपानी धाराको सरसफाई गरि सामुहिक स्नान

दिंला- भोजपुरको दिंलामा आबाल ब्रह्मचारी गुरु षडानन्द अधिकारीले सुरुवात गर्नुभएको सामुहिक श्रावणी स्नान यस बर्षवाट निरन्तरता दिईएको छ । विगत २ बर्ष कोभिडका कारण स्थगित भएको स्नान कार्यक्रम षडानन्द सिताराम गुठीको सक्रियतामा यस बर्षवाट पुनः निरन्तरता दिईएको गुठीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

आज ऋषी तर्पणी पूर्णिमा अर्थात् रक्षा बन्धन का दिन जात,जाती,धर्म,सम्प्रदाय, पेशाका दिंलाबासीको उपस्थितिमा स्थानीय मूलपानी धारामा भेला भई सनातन धर्म, बैदिक बिधी द्वारा सामुहिक स्नान सम्पन्न भएको हो । गुठीको सक्रियतामा आउँदा दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिईने गुठीको धार्मिक समिति संयोजक हरि भित्रिकोटीले वताए ।

स्नान गर्नुअघि कार्यक्रममा सहभागीले स्वतस्फुर्त धाराको सरसफाई समेत गरेका थिए । उनिहरुले धारा आसपासका बनमारा, उन्यु लगायतका झार  र धारामा भएको फोहोर समेत व्यवस्थापन गरेका थिए ।