
दिंला— आज देशभर गाईजात्रा पर्व मनाइँएको छ । विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने यो पर्व पछिल्लो समय उपत्यका बाहिर पनि मनाईन्छ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ ।
मानिसलाई गाईका रूपमा सिँगारी आ(आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ । मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ ।
दिंलामा निकालिएको गाईजात्राका सहभागिले बजार परिक्रमा गरेका थिए । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ ।