
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटीले ओलीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले नेता इन्द्र भण्डारीले अध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस गरिएको बताए ।
मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमालेको तर्फबाट झापा जिल्ला क्षेत्र नं ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय सांसदमा सर्वसम्मत सिफारिस हुनुभएको छ, भण्डारीले भनेका छन् ।
गृहनगर दमकसहितको त्यस क्षेत्रबाट एमालेबाट ओली निरन्तर रुपमा उम्मेदवार बन्दै आएका छन् । ६ वटा निर्वाचनमा उम्मेदवार बनेका अध्यक्ष ओली २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने पराजित भएका थिए । २०७४ सालको आमनिर्वाचन ओलीले कांग्रेसका खगेन्द्र अधकारीलाई ठूलो अन्तरले पराजित गरेका थिए ।