
काठमाडौं- जापानी निर्माताले तयार पारेको उड्ने बाइकको अमेरिकी बजारमा परीक्षण भएको छ । जापानको एयरविन्ड टेक्नोलोजीले बनाएको “एक्सटुरिसमो होभरबाइक’ नामक मोटरसाइकल अमेरिकामा आयोजित ‘डेट्रोइट अटो शो’मा पहिलो पटक प्रस्तुत गरिएको हो ।
यो बाइक १०० किलोमिटर प्रति घण्टाको स्पिडमा ४० मिनेटसम्म उड्नसक्ने बताइएको छ । कार्यक्रममा विभिन्न व्यक्तिले यो बाइकको परीक्षण उडान पनि गरेका थिए ।
जापानमा व्यावसायिक सुरुवात गरिसकेको यो हाइब्रिड बाइक जापानबाहिर भने पहिलोपटक अमेरिकामा प्रस्तुत गरिएको हो । यो बाइकको मूल्य सात लाख ७७ हजार डलर (नौ करोड ८१ लाख रूपैयाँ बढी नेरु) तोकिएको छ ।
कम्पनीले सानो भर्सनको बाइक पनि ल्याउने तयारी गरेको छ ।