सुरक्षित महिनावारीका लागी युडव्लुएसको प्रयास, पुन: प्रयोग गर्न मिल्ने सेनिटरी प्याड

संखुवासभा, १३ असोज, २०७९

नेपालको ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा काम गरिरहेको युनाईटेड वर्ल्ड स्कुल्स नेपालले गुल्मी , संखुवासभा , र ताप्लेजुङको सामुदायिक बिद्यालयका १० वर्ष माथिका बालिका र बिद्यालय आमा समुहका सदस्यहरु र महिला शिक्षकहरुलाई पुन: प्रयोग गर्न मिल्ने सेनीटरी प्याड निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ ।

 

बेलायतमा रहेको सामाजिक संस्था एजुकेट ए चाईल्ड (EAC) को सहयोगमा सम्पन्न भएको  बिद्यालय छोड्ने रोकथाम कार्यक्रम अन्तर्गत तालिममा युडब्लुएस नेपाल अन्तर्गत रहेका   ताप्लेजुङ जिल्लाको १ वटा बिद्यालय, गुल्मी जिल्लाको ११ वटा बिद्यालय र संखुवासभाका २६ वटा गरी जम्मा ३८ ओटा विद्यालयका ६३० जना  बालिका र ३४२ जना आमा समुहका सदस्यले तालिममा सहभागिता जनाएका थिए भने करीब ११४ जना बिद्यालय शिक्षिकाको पनि सहभागिता रहेको थियो । तालिम पाएपछी १० वर्ष माथिका छात्राहरु महिनावारीको समयमा पनि बिद्यालयमा उपस्थित भई पठनपाठनमा सहयोग पुर्याउने उदेश्य ले तालिमको आयोजना गरिएको युडब्लुएस नेपाल संखुवासभाका शिक्षा संयोजक आशिष अधिकारीले जानकारी दिएका छन ।

उक्त तालिम पाएपछी खुसी व्यक्त गर्दै युडब्लुएस नेपाल र सहयोगी संस्थालाई धन्यवाद दिदै युडब्लुएस नेपाल गुल्मी कि  बिद्यालय परिचालक मिना बोहोराले आगामी दिनमा प्याड बनाउने  तालिमले  १० वर्ष माथिका बालिकाहरु महिनावरी भएको बेलामा पनि नियमित बिद्यालय आउनाले  बालिकाहरुको उपस्थिति दर बढने  बताएकी छन । बिद्यालयका बिद्यार्थी र आमाहरुलाई समेतलाई प्रदान गरिएको पुन: प्रयोग गर्न मिल्ने सेनीटरी प्याड बनाउने तालिम प्रभाबकारी रहेको र यसको अझ प्रयोग पछी आउने पृष्ठपोषणले यो कतिको सुरक्षित, सहज, उपयुक्त हुन्छ भन्ने कुरा थाहा हुने  मादि नगरपालिका कि उपप्रमुख सुनिता दाहालले  बताएकी छन ।

संखुवासभा  जिल्ला  मादी नगरपालिका वाड न. १  मा  रहेको युडब्लुयस मेरिङदेनको  कक्षा  ८ मा पढ्ने  छात्रा कन्चन तामाङले यस भन्दा अगाडी  प्याड बनाउने बारेमा जनानकारी नभएको र युडब्लुयसले पुन: प्रयोग गर्न मिल्ने प्याड बनाउन सिकाएपछी आफु महिनावारी भएको बेलामा प्याड प्रयोग गर्न सहज भएको  बताएकि छन् । महिलाहरुले महिनावारी  भएको समयमा प्रयोग हुने निर्माण र यसको प्रयोगको बारेमा जानकारी गराएकोमा ताप्लेजुङको  मैवाखोला  गाउँपालिका वडा नं.  ३, तुम्बेमा रहेको युडब्लुयस सिम्लेकी बिद्यालय आमा समुहकी अध्यक्ष बिमला भटराईले खुसी व्यक्त गरेकी छन । बिद्यालय छोडने रोकथाम कार्यक्रम संखुवासभा , गुल्मी र ताप्लेजुङमा    सन् २०२१ बाट ३ वर्षको लागि शुरु गरिएको छ र यस अगाडी पनि बेलुकीको थप कक्षा, बिदाको बेला मनोरञ्जनात्मक कक्षा , ट्यूसन कक्षाहरु  संचालन गरिएको युडब्लुएस नेपाल संखुवासभाका शिक्षा संयोजक आशिष अधिकारीले जानकारी दिएका छन् ।