प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरबाट प्रदेश सभामा विजयी

भोजपुर- भोजपुरबाट प्रदेशसभामा राज‍ेन्द्रकुमार राई निर्वाचित भएका छन् । उनी प्रदेश १ का मुख्यमन्त्रीसमेत हुन् । भोजपुर १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका सचिव राईले ३८७७ मतान्तरसहित जित हात पारेका हुन् ।

राजेन्द्रले १६११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राई १२२२३ मा रोकिए ।