सतिघाट पुलको पनि ठेक्का रद्ध, एक हप्ता भित्र पुनः अर्को ठेक्का खुलाईने

काठमाडौं,७ पुुस- भोजपुर र संखुवासभाको सिमानामा अवस्थित अरुण नदिको लम्सुवा खण्डमा१२ बर्ष सम्म ठेकेदारले पुल निर्माण गर्न नसकेपछि ठेक्का रद्ध गरेको सडक बिभागले सतिघाट खण्डमा भने ठेक्का नलागि  रद्ध गरेको छ ।

सतिघाटको पुलको ठेक्का रद्ध भएपछि षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदास र सडक बिभाग पुल महाशाखाका प्रमुख ईन्जिनयर उमेश बिन्दु श्रेष्ठ सहित सम्बन्धित निकायका इन्जिनियर समेतको सहभागीतामा छ्लफल भएको छ । छलफलमा एक हप्ता भित्र ठेक्का खुलाउने महाशाखा प्रमुखले प्रतीबद्द्ता जनाएको छलफलमा सहभागी युवा नेता रोसन वस्नेतले जानकारी दिए । छलफलमा अरुण नदिकै तुर्के घाटमा पनि मोटरेबल पुल निर्माणका लागि नगरपालिकाको सहयोगमा पुनःसर्बेक्षण गराइ ठेक्का लगाउने महाशाखा प्रमुख श्रेष्ठले प्रतिबद्धता जनाएकाछन् ।

आजनै नगर प्रमुख उदासले कृषि मन्त्रालय कृषि बिभागका महानिर्देशक डा. रेवती रमण पौडेलसँग समेत छ्लफल गरेकाछन् । षडानन्द नगरपालिकाको वडा नम्वर १ को मझुवा बेसि, वडा नम्वर ५ को कात्तिके घाट , वडा नम्वर ६ को मरुवा वेसी र वडा नम्वर १२ को अर्चले बेसीमा डिप बोरीङ र सोलार लिफ्टिङ प्रविधी वाट सिंचाईका लागि डिपिआर गराउने विषयमा छलफल भएको हो । छलफल पछि महानिर्देशक पौडेलले सम्बन्धित निकायलाइ डिपिआरकोलागि निर्देशन दिएको नगर प्रमुख उदासले जानकारी दिए ।

नगरपालिका संघको अधिवेशनमा सहभागिता जनाउन काठमाडौं गएको अवसर पारेर नगर प्रमुख उदासले नगरको विकासको विषयमा चासो सहित छलफललाई तिब्रता दिएका हुन् । यसअघि साउनमा पनि नगर प्रमुख उदासले सडक विभागका साथै सम्वन्धित मन्त्रालयमा ताकेता गरेका थिए । अरुण नदिमा बर्षौ सम्म पुल नवन्दा नगरवासिले यातायातमा सास्ती बेहोरीरहनुपरेको छ ।