मनकामना मन्दिर नजिक रहेको बिशाल ढुङ्गाः जहाँ छन् सयौं अलौकिक आकृतिहरु (भिडियोसहित)

संखुवासभा-संखुवासभा र भोजपुरको सिमानामा रहेको अरुण नदीको किनारमा अवस्थित मनकामना मन्दिर श्रद्धालुहरुको लागि पवित्र धार्मिक स्थल हो ।

जहाँ दैनिकजसो श्रद्धालुहरु विभिन्न भाकल तथा आफ्ना आस्थाका लागि पुग्ने गर्छन । कतिपय मनोकांक्षा पुरा होस भन्ने कामना गर्दै शरण पर्छन् ।

श्रद्धालुहरु सबैभन्दा पहिला अरुण नदिमा स्नान गरेर जल बोकेर फर्कदै गर्दा अनेकन विम्वहरु झल्कने एउटा बिशाल ढुङ्गामा पुजा गर्न थाल्छन् । खुला आकासमुनि रहेको ढुङ्गा जमिनको सतह भन्दा केहि तल रहेकाले त्यसलाई संरक्षणको प्रयास गर्न थालिएको छ ।

त्यहिँ रहेका एक पण्डितले श्रद्धालुलाई स्पष्ट बुझ्ने गरि त्यस ढुङ्गामा रहेका विभिन्न आकृतिका बारेमा चर्चा गर्दा श्रद्धालुहरु अलौकिक दृष्यबाट मोहित हुन्छन् । पण्डित मनोज कट्टेल भन्छन, ‘यो ढुङ्गा हैन यहाँका मुख्य भगवान नै उहाँ हुनुहुन्छ । भक्तिभावका साथ उहाँको दर्शन गर्ने जो कोहिको मनोकांक्षा पुरा हुन्छ ।’

हेर्नुहोस् भिडियोःhttps://fb.watch/hFmMhK-nXo/