दिंला- भोजपुरको षडानन्द नगरपालिका-७ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ । आज एक कार्यक्रमका विच नगर प्रमुख सुरेन्द्र कुमार उदासले वडाको गडिगाउँमा अवस्थित षडानन्द स्मृति भवनमा सञ्चालन गरिएको स्वास्थ्य केन्द्रको उद्घाटन गरेकाहुन् ।
वडावासीलाई तत्काल आधारभुत स्वास्थ्य सेवा स्थानिय स्तरमै उपलव्ध गराउने उद्देश्यले स्वास्थ्यचौकी भवन निर्माण पुरा नहुन्जेलको लागि षडानन्द स्मृति संस्थामा उद्घाटन गरिएको वडाध्यक्ष दिपेश विष्टले जानकारी दिए । षडानन्द स्मृति भवनलाई थप व्यवस्थित वनाईने पनि वडाध्यक्ष विष्टको भनाई छ । उनले संस्था भवनलाई व्यवस्थित वनाउन यस बर्ष वडा र नगरपालिकावाट दुई दुई लाख विनियोजन गरिएको पनि जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख उदासले स्वास्थ्य चौकीमा औषधी अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले भने हामी नगरपालकिकाको तर्फवाट स्वास्थ्यचौकीमा औषधी अभाव हुन दिदैनौ, औषधी सकिएको जानकारी भने समयमा दिनुपर्छ । समयमा जानकारी नभएमा भने औषधी उपलव्ध नहुने उनको तर्क थियो । नगर प्रमुख उदासले नगरपालिकामा पछिल्लो समयमा एम्वुलेन्स र पोष्टमार्टम सेवा सञ्चालनमा ल्याएको र चाँडैनै एक्सरे सेवा पनि सञ्चालन गर्ने वताए ।
कार्यक्रममा सम्वोधन गर्दै उप प्रमुख प्रमिला राईले स्वास्थ्य सेवा केन्द्र उदघाटन भए सँगै वडावासीलाई छिमेकीवडामा गएर स्वास्थ्य सेवा लिनुपर्ने समस्या हटेको वताईन । उनले स्वास्थ्य केन्द्रलाई नगरको तर्फवाट आवस्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन ।
कार्यक्रममा उपस्थित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा फडको मार्न सफल भएको वताए । उनले जनप्रतिनिधिको सहयोगमा नगरले एम्वुलेन्स, पोष्टमार्टम सेवा सञ्चालनमा आएको र चाँडै एक्सरे सेवा पनि दिने जानकारी दिए ।
कार्यक्रममा वडाका स्वास्थ्य स्वयंसेविकाहरुलाई स्मार्टफोन पनि वितरण गरिएको थियो । सुचना आदान प्रदान प्रभावकारी होस भन्नका लागि वडाका ४ जना स्वास्थ्य स्वयं सेविकाहरुलाई वडाको बजेटवाट जनही ९ हजार ९ सय ९९ वरावरको स्मार्टफोन वितरण गरिएको वडाध्यक्ष विष्टले वताए ।