इटहरीमा तीन तले बसपार्क निर्माण हुने

ईटहरी- सुनसरीको इटहरीमा तीन तले बसपार्क निर्माण हुने भएको छ । इटहरीस्थित पुरानो बसपार्कलाई व्यवस्थित गर्न १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता भएको हो ।

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौंका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले इटहरी बसपार्क निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरी उपमहानगरको ३० प्रतिशत लगानी रहनेछ ।

उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, सभाहल, रेष्टुरेण्ट रहनेछ ।

बसपार्क निर्माण १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बसपार्क ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिकाले जनाएको छ । ‘पार्किङ सानो र ठूलो छुट्टनछुट्टै हुनेछ । ढल व्यवस्थापन र डे«नसहितको सुविधा हुनेछ’, घिमिरेले भने ।

इटहरीका मेयर पौडेलले इटहरी भएर नै पूर्व(पश्चिम र उत्तर(दक्षिण चल्ने सवारीसाधन गुड्ने हुनाले अरु शहरभन्दा सवारीसाधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताए ।