डिफेन्डिङ च्याम्पियन भोजपुरलाई स्तब्ध पार्दै रेजिन कपको उपाधि ओखलढुंगाले जित्यो

संखुवासभा- संखुवासभाको खाँदबारीमा सम्पन्न १ नम्वर प्रदेश स्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधी ओखढुंगाले जितेको छ । प्रतियोगीताको फाइनलमा गत संस्करणको बिजेता भोजपुरलाई ३-१ को सेटमा हराउँदै विजेता बनेको हो ।

पहिलो सेट जितेका ओखलढुंगालाई दोस्रो सेटमा भोजपुरले हराएको थियो तर त्यसपछि लगातार दुई सेट ओखलढुंगाले जितेको थियो । प्रतियोगितामा सर्वोकृष्ठ खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेष्ट स्पाईकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारीका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सरभर बालकुमार रायमाझी घोसित भए । आजै तेस्रो स्थानको लागि भएको खेलमा खोटाङलाई सोझो सेटमा हराउँदै झापा तेस्रो स्थान पक्का गरेको छ । गत संस्करणमापनि झापा तेस्रो नै भएको थियो ।

विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपियाँ नगद, २१० तोला चाँदीको शिल्ड र ३-३ तोला चाँदीको मेडल प्राप्त गरे । त्यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि र २-२ तोला चाँदीको मेडल प्राप्त गरेका छन् । १८ गतेदेखि सुरु भएको खेलमा प्रदेश १ का १२ जिल्ला र एक आयोजक टिमसहित १३ टिमको सहभागीता रहेको थियो ।

सहभागीलाई खान बस्नको व्यवस्था गरिएको यो खेल २०७१ सालदेखि प्रत्येक २२ बर्षको अन्तरमा हुने गर्दछ । सुर्य सेकेन्डरी बोर्डिङ स्कुलले आयोजना गरेको भलिबल प्रतियोगीता पुर्वी नेपालको प्रतिष्ठित प्रतियोगिताको रुपमा लिईन्छ ।