षडानन्द नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुः न्युन विद्यालयको सहभागिता

दिंला,७ फागुन- भोजपुरको षडानन्द नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजवाट शुरु भएको छ । षडानन्द नगरपालिकाको प्रायोजन तथा अरुण माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता आजवाट शुरु भएको हो ।

कक्षा १२ सम्मका १८ बर्ष सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने प्रतियोगितामा सहभागिता भने न्युन देखिएको छ । प्रतियोगितामा नगर भित्रका १३ वटा सामुदायिक तथा संस्थागत विद्यालय मध्ये ५ वटाले छात्र भलिवल र ४ वटा विद्यालयले छात्रा तर्फ सहभागिता जनाएको आयोजक विद्यालयका प्रधानाध्यापक सञ्जीव न्यौपानेले जानकारी दिए । विद्यालयलाई आर्थिक भार पर्ने भएको साथै नगरपालिकाले राम्रो गृहकार्य नगरि प्रतियोगिताको मिति तोक्दा सहभागिता कम भएको सरोकारवालाहरुले वताएकाछन् ।

९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल,लङ्जम्प, हाईजम्व, त्रिपल जम्प,सटफुट, ज्याभिङथ्रोका साथै १ सय मिटर, १ सय मिटर, ४ सय मिटर, ८ सय मिट र १५ सय मिटर दौड १०० मिटर रिले, ४०० मिटर रिले दौडमा छात्र, छात्रा विच छुट्टा छुट्टै प्रतिष्पर्धा हुनेछ । आज सम्पन्न २ वटा छात्र भलिवलको खेलमा अरुण माध्यमिक विद्यालय र षडानन्द माविले जित हाँसिल गरेकाछन् । अरुण माविले महेन्द्रोदय मावि टारीगाउँलाई र षडानन्द माविले शारदा मावि झ्याउँपोखरीलाई सोझो सेटमा समान २-० ले पराजित गरे ।

बाँकी खेल भोली विहानै देखि सञ्चालन गरिने आयोजक विद्यालयका प्रअ न्यौपानेले जानकारी दिए ।