मन्त्री भएर जिल्ला आएको वडाध्यक्ष बनाईदिनुभयो: मन्त्री किराँती

दिंला- संस्कृति तथा पर्यटन मन्त्री सुधन किराँतीले चुनावअघि मन्त्री वनेर पहिलोपटक षडानन्द नगरपालिकाको देउरालीमा आउने गरेको् वाचा पुरा गरे । उनी मन्त्री भएको ३७ दिन पछि भोजपुर आईपुगेका हुन् । मन्त्री किराँती सँग अन्तक्रियाको लागि माओवादी केन्द्र षडानन्द नगर कमिटीले सवैपक्षलाई निमन्त्रणा गरि कार्यक्रमको आयोजना गरेको थियो ।

खादामाला बहिस्कार गरेका मन्त्री किराँतीलाई विकास योजनाका प्रस्तावका भने चाङनै लागे । क्लव, गुम्वा, संघ संस्था, राजनीतिक दल लगायतले योजना प्रस्तावनाका चाङनै मन्त्री किराँती समक्ष थुपारेका थिए । सतिघाटको मोटरेवल पुललाई मुख्य प्राथमिकतामा राखेता पनि मन्दीर, गुम्वा, सडक, विद्यालय, खेल मैदान, पुल लगायतका योजना स्थातियले माग गरेका थिए । दर्जनौ साना योजनाको माग आएपछि उनले भने “मन्त्री भएर आएँ ठूला ठूला योजनाको माग आउँछ भनेको त वडा परिषदमा छलफल गर्ने खालको योजनाको माग आयो ।” ए बा बा ! “मन्त्री हुन त दिनुस्” भन्दै उनले ठटयौली समेत गरे । मन्त्री किराँतीले ठूला किसिमका योजना प्रस्ताव पेश गर्न समेत सुझाए । उनले ठूला योजना प्रस्तुत गरे रातो कितावमा हालिदिने प्रतिवद्धता समेत जनाएकाछन् ।