भोजपुरमा चट्याङ्ले् लागेर एकको मृत्यु, एक घाईते

दिंला-भोजपुरमा चट्याङ्ले लागेर एक बालकको मृत्यु भएको छ । उत्तरी षडानन्द नगरपालिकाका १२ तिप्लेका १३ बर्षीय बालक सरोज भुजेलको् मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सरद थापाले जानकारी दिए ।

विहिवार ४ बजेको समयमा सामान्य हावाहुरी र बर्षातसँगै परेको चट्याङ्ले गम्भीर घाईते भएका स्थानिय नारायण भुजेलका छोरा सरोजलाई उपचारकालागि संखुवासभाको तुम्लींगटार स्थित मनकामना हस्पिटल लगिएको थियो । हस्पिटल पुर्याउदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

स्थानिय २५ बर्षिय प्रदिप भुजेलभने घाईते भएका छन् । घाईते प्रदिपको अवस्था सामान्य रहेको वताईएको छ ।