एपिएफलाई पराजित गर्दै नेपालेडाँडालाई खुल्ला भलिबल प्रतियोगिताको उपाधि

तेह्रथुमको जिरीखिम्ती युवाक्लवले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका १ को नेपालेडाँडा भलिबल टीमले जितेको छ । विभागीय ससस्त्र पहरीबल (एपिएफ) कोशी प्रदेशको भलिबल टीमलाई ३-० को सोझो सेटमा पराजित गर्दै वडाको टीमले भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।

उपधिसँगै नेपालेडाँडा भलिबल टीमले प्रथम पुरस्कार स्वरुप ७५ हजार नगर, कप, मेडल, प्रमाण पत्र प्राप्त गर्यो । यता उपविजेतामा सिमित एपीएफले नगद ४० हजार कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो । प्रतियोगिताको उपाधिकासँगै उत्कृष्ट विद्यामा समेत नेपालेडाँडाकोनै बर्चस्व रहयो । उत्कृष्ट लिब्रो बाहेक उत्कृष्ठ विद्याका सम्पूर्ण पुरस्कार नेपालेडाँडालेनै प्राप्त गर्यो । प्रतियोतिताको उत्कृष्ठ लिब्रो एपिएफले पाउँदा उत्कृष्ठ स्पाईकर सञ्जीव कठेत,बेस्ट लिफ्टर जयराम कठेत,बेस्ट ब्लकर भुवन गौतम र बेस्ट प्लेयरको पुरस्कार मनिष गौतमले प्राप्त गरे । प्रतियोगितामा कोशी प्रदेशका १३ टीमको सहभागिता रहेको थियो ।

आधा दशक देखि पुर्वि नेपालमा आफ्नो् बर्चस्व कायम राख्दै आएको नेपालेडाँडा भलिवल टीमले यस बर्षपनि आधा दर्जन बढि प्रतियोगिताको उपाधि जितिसकेको छ । प्रदेशको विभागिय उत्कृष्ट टीमलाई समेत सोझो सेटमा हराएर ठूलो उपलव्धि हाँसिल गरेको नेपाले्डाँडा भलिबल टीमका व्यवस्थापक कुमार कटवालले वताए ।