इटहरी उप महानगर पालिकाका पूर्व मेयर द्वारिकालाल चौधरी पुनः एमालेमा फर्किने भएका छन् । एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर जितेका चौधरी प्रदेशसभाको निर्वचनमा माओवादीका तर्फबाट उम्मेदवार भएका थिए ।
मेयर हुँदा विवाद र चर्चामा आएका चौधरी काङ्ग्रेस सँगको गठबन्धन हुँदा समेत सुनसरी २(१) बाट पराजित भए । निर्वाचनमा पराजित भएपछि मौन रहेका चौधरीले आफ्नो घरमा अरू आएर रजाइँ गरेकाले एमालेमै फर्किएको बताए ।
उनले भने सुनसरीमा एमाले बनाउन द्वारीकले जति मेहनत कसले गरेको छ ? १,२,३,४ नाम दिनुस् । एमाले बनाउने म रजाइँ गर्ने अरू ? प्रश्न गर्दै उनले आफूले बनाएको घर फर्कन कसैलाई सोध्न नपर्ने बताए ।